Rule 18
अनुज्ञापत्र, वन्यजन्तु, आखेटोपहार वा हातहतियार देखाउन पर्ने
अनुज्ञापत्र प्राप्त व्यक्तिले शिकार गर्न जाँदा आफूले पाएको अनुज्ञापत्र साथमा राख्नु पर्नेछ र राष्ट्रिय निकुञ्ज शिकार आरक्ष वा अन्य वन कार्यालयका कर्मचारीहरू मध्ये नेपाल सरकारले तोकेको दर्जासम्मको कर्मचारीले कुनै व्यक्तिको साथमा रहेको शिकार रजिष्टर, मारिएको वा पक्रिएको वन्यजन्तु वा पंक्षी, आखेटोपहार वा हातहतियार हेर्न चाहेमा देखाउनु पर्नेछ ।